काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौंथो त्रैमासमा खुद नाफामा २२१.४९% को छ्लाङ मार्न सफल भएको छ । कम्पनीले असर मसान्तसम्म ५६ करोड ४७ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो । यस्तै सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी १७५.९३% र सञ्चालन नाफा २२९.२०% ले बढेको छ ।
यता प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४७ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ८४ पैसा रहेको छ । कम्पनीले निक्षेप संकलन १८०.२४% र कर्जा लगानी १४०.०५% ले विस्तार गरेको वित्तीय विवरण उल्लेख छ । गत वर्ष स्वदेशी लघुवित्त वित्तीय संस्थासँग मर्जरमा गएका कारण यसको चुक्ता पूँजी १७.५३% ले बढेर १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ पुगेको छ भने रिजर्भ कोषमा ९३ करोड ५२ लाख ३२ हजार रुपैयाँ जम्मा गर्न सफल भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्