×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : हिलाम्य बेनी-जोमसोम सडकखण्ड, बनेपाको गणेशस्थान चोकमा हरियो मकै र तरकारी बेच्दै महिला

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

देश बोल्ने फोटो कथा : हिलाम्य बेनी-जोमसोम सडकखण्ड, बनेपाको गणेशस्थान चोकमा हरियो मकै र तरकारी बेच्दै महिला

१८ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको गलेश्वर पारि रघुघाट नजिकै सडकको दूरावस्थादेखि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित गणेशस्थानचोकमा हरियो मकै र तरकारी बेच्दै गरेका महिलासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
 
हेरौं फोटो समाचार :
बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको गलेश्वर पारि रघुघाट नजिकै सडकको दूरावस्था ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित गणेशस्थानचोकमा सोमबार बिहान हरियो मकै र तरकारी बेच्दै महिला ।

पोखराको विरौटामा खानेपानीको लाइन विस्तार गरिँदै । मुलुकको दोस्रोे ठूलो पोखरा खानेपानी आयोजना जाइकाको करिब रु पाँच अर्बको सहयोगमा निर्माण भइरहेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ ।

गोरखा सदरमुकामस्थित माथिल्लो गोरखा दरबारबाट देखिएको तल्लो गोरखा दरबार ।

सिन्धुपाल्चोकको इन्द्रावती नदी र भोटेकोशीमा आएको बाढीका कारण जलमग्न काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका– ८ पुरानो बजार र वडा नं १० स्थित दुई नदीको सङ्गमस्थल दोलालघाट दोभान ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका– १ चम्किपुरस्थित घमाहा खोलामा आहाल रमाउँदै भैँसी । चर्को घामा लागेको बेला गर्मी छल्न भैँसी आहाल बस्छन् ।

म्याग्दीको बेनी नगरपालिका–२ स्थित ज्यामरुककोटको कन्थराज थान क्षेत्रमा पहिराले क्षति पु¥याएको सडक मर्मत गर्दै प्रतिभा युवा क्लबमा आबद्ध युवा । शुक्रबार दिनभर ८ युवाले श्रमदान गरी सडकमा मोटरसाइकल गुड्न मिल्ने बनाएका छन् ।

बर्सेनि सेती नदीको कटानमा पर्दै आएको डोटीको शिखर नगरपालिका तल्कोटपारी गाउँ । नदी नियन्त्रण नगरिँदा उक्त गाउँ जोखिममा परेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: