Skip to content
LAXMI SUNRISE BANK

समृद्धि फाइनान्स कम्पनीको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर बाँडफाँड, सेयर नपाउनेको पैसा फिर्ता गर्न सुरु

अर्थ सरोकार

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको संस्थापक सेयर बाँडफाँड भएको छ । कम्पनीको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर बाँडफाँड भएको हो । कम्पनीले असार २९ गतेदेखि साउन ५ गतेसम्म सो सेयर लिलामी गरेको थियो ।
यसमा न्यूनतम १०२ रुपैयाँ देखि १०५ रुपैयाँ ५ पैसा सम्म लगानी गर्ने बोलपत्रदाताहरुलाई मागबमोजिम नै बाँडफाँड गरिएको छ । यस्तै १०१ रुपैयाँसम्म लगानी गर्ने ११ जना बोलपत्रदाताहरुलाई समानुपातिक रुपमा बाँडफाँड गरिएको छ ।  यता सेयर नपरे वापतको पैसा आज आइतबारदेखि फिर्ता पाउने बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK