×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तकोशी डेभलपमेन्ट बैंकले नाफामा १०४.८३% को छलाङ, वितरणयोग्य नाफा ७ करोड हुँदा प्रतिसेयर आम्दानी कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सप्तकोशी डेभलपमेन्ट बैंकले नाफामा १०४.८३% को छलाङ, वितरणयोग्य नाफा ७ करोड हुँदा प्रतिसेयर आम्दानी कति ?

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  गत आर्थिक वर्षको चौंथो त्रैमासमा सप्तकोशी डेभलपमेन्ट बैंकले नाफामा आकर्षक वृद्धि गरेको छ । बैंकले वित्तीय विवरण सार्वजनिक गर्दै  खुद नाफा १०४.८३% ले बढाएर ६ करोड १९ लाख ३८ लाख रुपैयाँ कमाएको जनाएको हो  । अघिल्लो वर्ष यसले ३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकका अनुसार खुद ब्याज आम्दानी भने घटेको छ  । अघिल्लो वर्ष २२ करोड २० लाख रुपैयाँ खुद ब्याज रहेको बैंकको यो त्रैमाससम्म आउँदा २.१६% ले घटेर २१ करोड ७२ लाख रुपैयाँमा झरेको छ । यस्तै नाफा भने ११२.३२% ले बढाएर ८ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ ।
असारसम्म ४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरणमा उल्लेख छ । हाल बैंकको रिजर्भ कोषमा ९ करोड ८० लाख रुपैयाँ जम्मा छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ७ करोड ४४ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी (वार्षिक) ७ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ६७ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: