×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बाढीले मेलम्चीका बासिन्दाको जनजीवन फेरी प्रभावित, जीविकोपार्जनको लागि च्याउ बिक्री बेच्दै महिला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : बाढीले मेलम्चीका बासिन्दाको जनजीवन फेरी प्रभावित, जीविकोपार्जनको लागि च्याउ बिक्री बेच्दै महिला

Artha Sarokar

१७ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले शनिबार रातिदेखि परेको पानीले मेलम्चीमा बाढी आउँदा सर्वसाधारणको जनजीवन प्रभावित भएकोदेखि जीविकोपार्जनका लागि घोराही  च्याउ  बजारमा च्याउ बिक्री गरिरहेकी महिलासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
बाढी आएको समयमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ११ को बजारबाट देखिएको मेलम्ची खोला ।

घोराही बजारमा च्याउ बिक्री गर्दै महिला । जङ्गलबाट ल्याएको च्याउ बजारमा प्रतिकिलो रु ८०० मा बिक्री हुने गरेको छ ।

 

जिल्लाको भिमादनगरपालिका–९ पाथार्दीस्थित ‘घाङ्चा ल्हुम’ अग्लो ढुङ्गाको अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक फोटो खिँचाउँदै । उक्त रक गार्डेन पछिल्लो समय भाइरल बनेपछि आन्तरिक पर्यटकका आर्कषण बढ्न थालेको छ ।

शनिबार रातिदेखि परेको पानीले मेलम्चीमा आएको बाढी ।

बेलडाँडीका थारु समुदायका महिला जाल बोकेर माछा मार्नका लागि जाँदै । फुसर्दको समयको सदुपयोग गर्दै थारु महिलाले नदी, तलाउलगायत ठाउँमा माछा मार्नका लागि जाने गरेका छन् ।

निरन्तरको वर्षाका कारण हिडँडुलमा समेत समस्या । केही दिनदेखिको लगातारको वर्षाका कारण जनवीवन प्रभावित भएको छ ।

घरमा बाढी पसेपछि सुरक्षित ठाउँमा सामान सार्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ का स्थानीयवासी ।

घोराही – १७ गैरागाउँमा व्यावसायिक रुपमा गरिएको अकबरे खुर्सानी खेती ।

शनिबार रातिदेखि परेको पानीले मेलम्चीमा आएको बाढी ।निरन्तरको वर्षाका कारण हिडँडुलमा समेत समस्या । केही दिनदेखिको लगातारको वर्षाका कारण जनवीवन प्रभावित भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी