- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । बैतडीमा निर्माण समाग्री तथा खर्चको भुक्तानि नपाउँदा स्थानियले प्रशासनमा उजुरी दर्ता गरेका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर २ मा रहेको नेपाल राष्ट्रिय मा.वि को भवन निर्माण गर्दा प्रयोग भएका निर्माण समाग्रीको भुक्तानि नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीमा निवेदन परेको हो ।
असार मसान्तमा सक्नुपर्ने भवन निर्माणको काम असोज लाग्दासम्म पनि सम्पन्न नभएको स्थानिय व्यापारी (पिडित) गणेश विष्टले बताए । उनले भने, ‘व्यापारी मान्छे पैसाकै लागि काम गरियो तर पैसा आएन ।’ ‘सरिया, ईट्टा, गिट्टी बालुवा ढुवानी गरेको पैसा बाँकी छ’, उनले भने, ‘मेरो पसलबाट रासनका सामाग्री पनि लगेका थिए, कुल गरेर ४ लाख ८३ हजार हुन आउँछ ।’ आफुसँगै अन्य एकजनाको पनि झण्डै ४ लाख भुक्तानि लिन बाँकी रहेको विष्टले बताए ।
‘यहि विषयलाई लिएर प्रशासनमा निवेदन समेत दियौँ तर सुनुवाई भएन’, विष्टले भने, ‘पैसा माग्दा आज, भोली गर्दै झारो टार्ने मात्रै काम भएको छ ।’ सोहि विषयमा जिल्ला प्रशासन कार्यालय बैतडीका सहायक जिल्ला अधिकारी खगेन्द्र भारतीसँग बुझ्दा लेनदेनको विषय प्रशासनले नभएर अदालतले हेर्नुपर्ने तर्क गरे । ‘व्यापार गर्नेबेलामा सम्झौता नगरी व्यापार गर्छन अनि पैसा नपाएपछि प्रशासनलाई भन्छन्’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘प्रशासन सबैका पैसा असुल गरिदिने कार्यालय होईन ।’ त्यस्तै उनले निवेदन आईसकेपछि आवश्यक पहलका लागि पत्र पठाईसकेको बताएका छन् ।
सोहि विषयमा बुझ्न सुर्नया गाउँपालिकाकी उपाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लिला विष्टलाई सम्पर्क गर्न खोज्दा उनि सम्पर्कबिहिन छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्