- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा ट्राफिक प्रहरीको सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार धनगढीको मुख्य बजारक्षेत्रमा रहेको बसपार्कमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीको आयोजनामा दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।
हरेका वर्ष हिन्दु नेपालीहरुको माहान चाड दशैँ, तिहार तथा छठपर्व नजिकिँदै गर्दा सार्वजनिक यातायात भरिभराउ हुने गर्छन । रोजगारीका शिलशिलामा परदेश गएका हजारौँ नेपालीहरु स्वदेश फर्किन्छन् भने सयौँ जिल्ला बाहिरबाट गृहजिल्ला प्रवेश गर्छन । सोहि विषयलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको आयोजना र सुदूरपश्चिम यातायात मजदुर भलाई कोष समिति, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ, सेती महाकाली ट्रक व्यवसायी सङ्घ लगायत धनगढी उपमहानगरपालिकामा रहेका यातायात प्रा.लि.को सहकार्यमा उक्त कार्यक्रम गरिएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नजिकिँदै गरेको नेपालीहरूको महान् चाडपर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । दसैँ तिहार नजिकिए सँगै दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनाका लागि आज कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।
धनगढीको बसपार्कमा गरिएको सचेतना कार्यक्रममा नेपाल यातायात मजदुर सङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्षका केशव राज पन्तको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल रहेका थिए । यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा बजैनाथ बाहिनी अत्तरिया कैलालीका निमित्त कार्यालय प्रमुख सहायक प्रहरी वरिष्ठ उपरीक्षक सुरेश श्रेष्ठ, सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक बामदेव गौतम, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारी र नेपाल राष्ट्रिय यातायात महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वारको उपस्थिति रहेको थियो ।
यस्तै सम्पूर्ण मजदुर सङ्गठन, विभिन्न यातायात प्रा.ली का पदाधिकारी, चालक, परिचालक र सर्वसाधारण गरी दुई सय भन्दा बढीको सहभागिता रहेको थियो । साथै कार्यक्रमका प्रमुख अतिथि तथा डिआइजी कँडेलले उत्कृष्ट चालकलाई सम्मान पत्र प्रदान गरेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्