×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेढ करोड ऋणभार बोकेको क्याम्पसमा मन्त्री खड्काको प्रतिबद्धता- ‘भोट हाल्दिन तर आजिवन सदस्य जरुर बन्छु…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डेढ करोड ऋणभार बोकेको क्याम्पसमा मन्त्री खड्काको प्रतिबद्धता- ‘भोट हाल्दिन तर आजिवन सदस्य जरुर बन्छु…’

Artha Sarokar

७ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । फूलवारी बहुमुखी क्याम्पसले धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नयाँ क्याम्पस सञ्चालक समिती चयन भएसँगै क्याम्पसको स्तरोन्नतीका लागि विभिन्न स्थानिय तहमा आयोजना गरेको अन्तरक्रिया अन्तर्गत बुधबार वडा नम्बर १४ मा कार्यक्रम गरेको हो ।

सञ्चालक समितीका संयोजक रमेश कुमार बस्नेतको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का रहेका थिए । सुन्दर सुदूरपश्चिम अभियानका अभियान्ता गोपाल हमाल विशिष्ट अतिथि रहेका थिए भने कार्यक्रममा जिल्ला विकास समितीकी सदस्य देवि भण्डारी, शिक्षा निर्देशनालयका निर्देशक गणेश कुमार सिंह, वडा नम्बर १४ का अध्यक्ष राम बजारी थारु लगाएत विभिन्न दलका प्रतिनिधी लगाएतको उपस्थिति रहेको थियो ।

क्याम्पसमा डेढ करोढको ऋणभारः
वि.सं. २०६६ सालमा स्थापना भएको फूलवारी बहुमुखी क्याम्पसमा हाल झण्डै डेढ करोडको ऋणभार रहेको छ । शिक्षकले तलब सुविधा नपाएकै महिनौ भएकोले सञ्चालनका लागि क्याम्पसको १० वर्षे भिजन डकुमेन्ट बनाएर अगाडी बढ्ने सञ्चालक समितीका अध्यक्ष रमेश बस्नेतले बताए । ‘क्याम्पस सबैको हो र सबैले अपनत्व ग्रहण गर्नैपर्छ’, उनले भने, ‘शिक्षाको गुणस्तरियता र आर्थिक सबलीकरणका लागि एक घर एक सदस्यको नीति ल्याएका छौँ ।’

क्याम्पसका लागि सामाजिक मन्त्री खड्काको घोषणाः
फूलवारी बहुमुखी क्याम्पसको आजिवन सदस्य बन्ने सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले घोषणा गरेका छन् । बुधबार क्याम्पसले आयोजना गरेको क्याम्पसको उन्नती, प्रगति र विकासका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो घोषणा गरेका हुन् । ‘भोट हाल्न त आउन सक्दिन तर आजिवन सदस्य जरुर बन्छु’, मन्त्री खड्काले भने, ‘क्याम्पसको स्तरबृद्धीका लागि आफुसक्दो पहल गर्नेछु ।’

क्याम्पसको स्तरवृद्धीका लागि फरक धारबाट नीति तयार गर्नुपर्ने सहभागीहरुले बताएका छन् । ‘शिक्षामा राजनीति भएकै हो’, एक सहभागीले भने, ‘क्याम्पसको बढोत्तरी र गुणस्तरिय शिक्षाका लागि पार्टीको झण्डा त्याग्नुपर्छ ।’

झण्डै डेढ करोड ऋणभार रहेको फूलवारी बहुमुखी क्याम्पसमा नयाँ समिती चयन भएसँगै विभिन्न स्थानिय तहमा क्याम्पसको स्तरवृद्धी र गुणस्तरिय शिक्षाका लागि अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसभन्दा अगाडी धनगढी उपमहानगरपालिका वडा नम्बर १८, १९ मा र कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ को संयुक्त भेला सम्पन्न भईसकेको क्याम्पस प्रमुख याम पौडेलले जानकारी दिए । बाँकी फोटोमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी