कैलाली । सेयर लगानीकर्ता हेमराज ओझाले सुदूरपश्चिममा हल्लाको भरमा लगानी गर्ने लगानीकर्ताको संख्या ठुलो रहेको बताएका छन् । अर्थ सरोकार सुदूरपश्चिम ब्युरोको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मिसन सुदूरपश्चिम’ मा बोल्दै लगानीकर्ता ओझाले फन्डामेन्टल वा टेक्निकलको पाटो नहेरी बजारमा चलेको हल्लाका भरमा लगानी गर्ने लगानीकर्ताको संख्या ठुलो रहेको बताएका हुन् ।
यस्तै उनले लगानीकर्तालाई हल्लाको पछि नलाग्न र जोखिमपूर्ण कम्पनीको सेयरमा लगानी नगर्न सुझाव दिएका छन् । उनले लगानीकर्ताहरुलाई बजारमा बुझेर र कम्पनीको फन्डामेन्टल वा टेक्निकलको दुवै पाटोको अध्यन गरेर मात्रै लगानी गर्न आग्रह गरेका हुन् । प्रस्तुत छ ओझासँग सुदूरपश्चिममा सेयर बजारको अवस्थालगायतका विविध विषयमा गरिएको यो विशेष कुराकानी :