- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । पूर्व बन तथा बाताबरण मन्त्री एवम् प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले पत्निलाई चुनाबमा हराएको रिसले प्रधानमन्त्री शेर बहादुर देउबाले राना थारु समुदायलाई अपहेलित गरेको आरोप लगाएका छन् । अर्थ सरोकारको कुराः खस्रा मिठा कार्यक्रममा बोल्दै रानाले तत्कालीन अवस्थामा आएर अपहेलित गरेको आरोप लगाएका हुन् ।
उनले एमसीसी परियोजना हस्ताक्षर गर्दा अध्ययन नगरि गाजा, भाङ खाएको समेत आरोप लगाए । ‘एमसीसी साइन गर्दा गाँजा भाङ खाएर गरेका हुन् र ? त्यो बेला पढ्न सकिँदैन ?’ उनले भने ‘त्यो पास हुन दिँदैनौँ ।’ एमसीसी मुलुकको हितमा नरहेको भन्दै मार्सल लगाएर जथाभाबी पास गर्न खोजे सशक्त आन्दोलन चलाउने रानाले चेतावनी दिएका छन् ।
एमालेका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज समेत रहेका रानाले सभामुख अग्नि सापकोटाबाट माओवादी कार्यकर्ता जस्तो व्यवहार भएको बताए । उनले एमालेले कारबाही गरेका १४ जना सांसद संसदमा रहेसम्म संसद चल्न नदिने चेतावनी समेत दिएका थिए । ‘माओवादी र प्रचण्डको कार्यकर्ताको रुपमा सभामुख देखिए’ उनले भने, ‘जब सम्म गैरसांसदहरु सांसदमा उपस्थित हुन्छन् हामी सदन चल्न दिँदैनौँ ।’
सभामुखबाटै असंवैधानिक काम भएको भन्दै सभामुखले जथाभाबी गर्दा प्रतिपक्षले टुलुटुलु हेरेर बस्न नसक्ने रानाले बताए । ‘केपी सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्ने अधिकार परमादेश सरकारलाई छैन । जेठ १५ गते संविधान स्वरूप ल्याइएको बजेट प्रतिस्थापन गर्ने अधिकार छैन’ उनले भने, ‘संविधानको रक्षाको लागि हामीले विरोध गरेका हौँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्