Skip to content
LAXMI SUNRISE BANK

सुदूरमा कर्मचारीद्वारा निजामती सेवा दिवस बहिस्कार, आखिर किन ?

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । स्थानीय तहमा कार्यरत कर्मचारीहरूले निजामती सेवा दिवस बहिष्कार गर्दै हातमा कालो पट्टी बाँधेर विरोध गरेका छन् । सोमबार अछामको ढकारी गाउँपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरूले आफ्ना विभिन्न मागहरू राख्दै भदौ २२ (आज) मनाइन लागेको दिवस बहिस्कार गरेका हुन् ।

स्थानीय तहको सेवामा रहँदा सेवारत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सेवामा रहेका कर्मचारीलाई कर्मचारी नै मान्न तयार नभएको भन्दै उनीहरू विरोधमा उत्रेका हुन् ।

निजामती कर्मचारीको परिभाषाबाट बाहिर राखेको, सेवा सुविधाको सम्बन्धमा कुनै पनि नीतिगत व्यवस्था नै नगरिएको, वृत्ति पथको आधार सुनिश्चित नगरी अन्यौलताको अवस्था सृजना गरिएको तथा स्थानीय तहको सेवारत कर्मचारीको सरुवा व्यवस्थामा कर्मचारीतन्त्रको उपहास गरी दुई पालिकाको सहमतिमा पालिका र प्रमुखको हस्ताक्षर अनिवार्य गरिएको जसले गर्दा जनप्रतिनिधिलाई जबरजस्ती प्रशासनिक कार्यमा प्रोत्साहन गर्दै नातावाद, कृपावाद, अनियमितता, बिचौलिया प्रवृत्ति, चाकडी, चाप्लुसीलाई प्रशय दिने विभेदकारी नीतिगत निर्णय लागू गरेको भन्दै आफुहरुले दिवस बहिस्कार गरेको ढकारी गाउँपालिकामा कार्यरत स्थानीय तहका कर्मचारी बिनोद न्यौपानेले बताए ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK