Skip to content
LAXMI SUNRISE BANK

सुनसान जंगलमा भेटियो हराएको मुर्ति, समिती भन्छ-‘अब के गर्ने…?’

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । करिब दुई वर्षअघि धनगढी उपमहानगरपालिका–१४ स्थित श्री राम मन्दिरको गेटबाट हराएको हनुमानको मूर्ति सुनसान जंगलमा भेटिएको छ । धनगढी उपमहानगरपालिका–१४ को रामजानकी सामुदायिक बनमा बेबारिसे अवस्थामा मूर्ति भेटिएको हो ।

स्थानीयका अनुसार करिब दुई वर्ष अगाडी उक्त हनुमानको मुर्ति गेटबाट हराएको थियो । मुर्ति हराएको सबैलाई थाह हुदापनि कसैले उक्त मुर्ति खोज्नमा चासो दिएका थिएनन । हराएको मुर्तिको बिषयमा अर्थसरोकरसम्म सुचना आएपछि खोजि शुरु भयो । ‘मन्दिरमै सुरक्षित छैनन् भगवान …..’ भन्ने समाचार अर्थसरोकार डटकमले सम्प्रेषण गरेको थियो । स्वर्गिय उत्तम कुमार कार्कीको सम्झनाका निम्ति मात्र नभएर एकपटक निर्माण भईसकेको मुर्तिको संरक्षणका लागि बहुलिया प्रहरी चौकीका इन्चार्ज बासुदेब अवस्थिको रहोबरमा मन्दिर समिति सचिब सुरेश चौधरीलाइ हस्तान्तरण गरिएको हो । मुर्ति हस्तान्तरण गर्दा उनको प्रश्न थियो, ‘अब के गर्ने ?’ (प्रथम पटक प्रकाशित समाचारमा हनुमानको मुर्ति हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।)

मुर्ति भेटिएपछि विवाद सूरुः
श्री राम मन्दिरबाट हराएको मुर्तिको बिषयमा समाचार प्रकाशित भएपछी बिबाद शुरु भयो । बिबादको कारण, ‘देशमा भएको लाखौको चोरी नदेख्ने पत्रकारले जाबो एउटा सामान्य मुर्तिको बिषयमा कलम चलायो ।’ मुर्ति हराएको दुइ बर्ष बढी हुदासम्म चुइक्क बोल्न नसक्नेहरु नै मुर्तिको बिषयमा लेखिएको समाचारमा रुस्ट छन् । मुर्ति संरक्षणका लागि आग्रह गर्दा स्थानिय युवाको तर्क थियो, ‘तिमीहरुले काम पाएनौ, हावाले उडाएको मुर्ति खोजि हिड्छौ’ उनले भने, ‘त्यो मुर्ति हावाले उडाएको हो, त्यो न सुनको हो न पित्तलको किन खोजि हिड्छौ ?’

उडाएको हो कि हराएको हो त मुर्ति ?
उक्त मुर्तिको बिषयमा समाजका अगुवा तथा युवाहरुमै मतभेद छ । केहि युवाहरु भन्छन, ‘हावाले उडाएको हो, त्यसपछि संरक्षण गरिएन ।’ केहिले रिसिबिका कारण फुटाएर जंगलमा फालिएको बताएका छन् । मन्दिर समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष राम बजारी थारुले भने मुर्ति हराएको विषय मै अन्यौलता रहेको बताएका छन् । ‘हावाले उडाएर त्यति टाढा पुर्याउने कुरै भएन’, उनले भने, ‘कसैले नियतबस त्यस्तै गरेको हुनुपर्छ ।’ त्यस्तै वडा नम्बर १४ का अध्यक्ष समेत रहेका थारुले अव संरक्षणमा ध्यान दिने बताएका छन् । यता मन्दिरको काममा सक्रियता नदेखाएको नेकपा एमाले जिल्ला सदस्य राम चन्द्र चौधरीले बताए । उनले भने, ‘मुर्तिमा सरिया लगाएर कसिएको छ, कसरि हावाले उडाउन सक्छ ?’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK