- योगेश सिंह/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
बझाङ्गमा पहिरोका कारणले अवरुद्ध भएको सडक अझैसम्मपनि खुल्न सकेको छैन । जिल्लाको बुङ्गल नगरपालिका स्थित वडा नम्बर ७ मा रहेको महादेव उ.मा.वि नजिकै रहेको गिठिनि भिरको पहिरोले बन्द भएको सडक खुलेको छैन । क्षतिपुर्ति नपाएको भन्दै पहिरो पिडितले विरोध गरेपछि काम रोकिएको स्थानियले बताएका छन् ।
भदौ ४ गते गएको पहिरोले बुङ्गल नगरपालिका ६ र ७ वडामा पर्ने कफलसेरि देखि सानिगाड हाइड्रोपावरको इन्लेट जोड्ने सडक अबरुद्ध भएको थियो । अबिरल बर्षासँगै गएको पहिरोले गर्दा सडक बन्द हुनुका साथै ठूलो मात्रामा भौतिक क्षति समेत भएको थियो । जनप्रतिनिधि, हाईड्रोपावरका प्रतिनीधि र स्थानियबीचको सहमतीका आधारमा बाटो खोल्ने भनिएतापनि काम सञ्चालन हुन नसकेको स्थानियले गुनासो गरेका छन् । ‘पहिरो पिडितलाई उचित क्षतिपुर्ति दिने र अवरुद्ध सडक खोल्ने सहमति भएको थियो’, एक स्थानियले भने, ‘तर सडक खोल्न आएको मेसिन रोकिँदा काम भएको छैन ।’

पहिरोले गर्दा पाक्न लागेको धानबालीसहित गाईसमेत च्यापिए तर अहिलेसम्म हाम्रो दुःख कसैले नदेखेको पाहिरो पिडित हरिभक्त दमाईले गुनासो गरेका छन् । उनले भने, ‘क्षतिपुर्ति दिनु त टाढाको कुरा कसैले समस्या पनि सुनेनन् ।’ त्यस्तै अर्का पिडित राम बहादुर धामीले पनि जनताका दुखमा सरकार मुकदर्शक बनेको गुनासो गरे । उनले थपे, ‘मेरो त घर,जग्गा सहित गोठमा रहेका २ भैँसि र कमाईखाने खेत समेत पहिरोले बगायो तर पनि अहिलेसम्म कुनै निकायको आँखा लागेन । क्षतिपुर्ति दिनुपर्ने डरले ठूलाबडा कानेखुसी गरेर बाटो खोल्न लागे, हामीले क्षतिपुर्तिको माग गर्दै काम रोकेका हौँ ।’
यता पिडितलाई क्षतिपुर्ति दिने विषयमा निर्णय भईसकेको बताउँदै वडा नम्बर ७ का अध्यक्ष टंक प्रसाद जोशिले स्थानियले ढिपिले बाटो नखुलेको आरोप लगाए । त्यस्तै उनले जिल्ला प्रशासन कार्यालय तथा विभिन्न निकायसँग समन्वय गरिरहेको बताएका छन् । उनले भने, ‘ढिलोचाँडो पिडितले राहत पाउँछन् तर बाटो भने तत्कालै खोल्नुपर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्