Skip to content
LAXMI SUNRISE BANK

४ बुँदे मागसहित कैलाली बहुमुखी क्याम्पसमा ताला, कस्ता छन् माग ? (पत्रसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सुदूरपश्चिमको शैक्षिक धरोहर कैलाली बहुमुखी क्याम्पसमा ताला लागेको छ । बुधबार क्याम्पसमा अध्ययनरत विद्यार्थिहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् ।

कोरोना भाइरस (कोभिड १९) को माहामारीलाई मध्यनजर गर्दै बन्द गरिएका शैक्षिक संस्था जिल्ला प्रशासन कार्यालय कैलालीले सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएतापनि क्याम्पस प्रशासनले अटेर गरेको विद्यार्थिहरुले आरोप लगाएका छन् । उनिहरुले भने, ‘बिग्रिँदो शैक्षिक स्तरमा क्याम्पसले नै निकास दिनुपर्ने बेलामा उल्दै तालाबन्दीमा उत्रिनु पर्ने अवस्था आयो ।’

क्याम्पस प्रशासनसँग ४ बुँदे माग राख्दै क्याम्पस प्रमुख, प्रशासन लगायत परीक्षा फाँटमा ताला लगाएको उनिहरुले बताएका छन् । एक विद्यार्थिले भने, ‘हाम्रो माग क्याम्पसले सम्बोधन नगरेपछि ताला लगाउन बाध्य भएका हौँ ।’ त्यस्तै उनिहरुले फेरीपनि माग सम्बोधन नभए जस्तोसुकै कदम उठाउने र त्यसको जिम्मेवार क्याम्पस प्रशासन स्वयम आफै हुने चेतावनि दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK