×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरम्भ चौतारी लघुवित्तका तत्कालिन शाखा प्रमुख शाही पक्राउ, १३ जना नक्कली ऋणी खडा गरी १७ लाख ठगी गरेको खुलासा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आरम्भ चौतारी लघुवित्तका तत्कालिन शाखा प्रमुख शाही पक्राउ, १३ जना नक्कली ऋणी खडा गरी १७ लाख ठगी गरेको खुलासा

Artha Sarokar

१३ आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गोरखा । आरम्भ चौतारी लघुवित्त संस्थाका तत्कालिन शाखा प्रमुख ललित जंङ शाही पक्राउ परेका छन्  । नक्कली ऋणी खडागरी करिब १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा गोरखाको देउरालीस्थित रहेको शाखाका पुर्व शाखा प्रमुख शाही पक्राउ परेका हुन् ।
संस्थाले शाहीले देउराली शाखामा रहंदा १३ जना नक्कली ऋणी खडा गरी उनीहरुको नाममा १६ लाख ९५ हजार ऋण लगानी गरेको देखाएर सो रकम हिनामिना गरेको भन्दै प्रहरी उजुरी दिएको थियो । निलम्बनमा परेका शाहीलाई लुकीछिपी बस्दै आएको अवस्थामा तनहुँको आँबुखैरेनी बजारबाट आज बुधबार पक्राउ गरेको हो ।
उनलाई आजै गोरखा जिल्ला अदालतमा ठगी कसुर शिर्षकमा मुद्वा दर्ता गरी अनुसन्धानका लागि ७ दिनको म्याद लिएको गोरखा प्रहरीले जनाएको छ । पछिल्लो समय लघुवित्त कम्पनीभित्र विभिन्न किसिमका घटनाहरु घटिरहेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी