काठमाडौँ । सरकारले निलम्बनमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई बर्खास्त गर्ने तयारीअनुसार औपचारिकता निभाउन स्पष्टीकरण सोध्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । नियमअनुसार पदबाट बर्खास्त गर्नुअघि उनलाई स्पष्टीकरण सोध्नुपर्ने बाध्यता प्रचलित कानुनमा छ ।
ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका छन् । सरकारले छानविन समिति गठनगरी सोको प्रतिवेदनसमेत बुझिसकेको छ । छानविन समितिले पनि उनलाई बर्खास्त गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।
अव मंगलबार उनलाई स्पष्टीकरण सोधिनेछ । उनको जवाफ जे आएपनि त्यसलाई चित्ताबुझ्दो नभएको भन्दै सरकारले ढुंगानालाई बर्खास्त गर्ने तयारी गरिसकेको छ ।
उनको बर्खास्ती लगभग निश्चित भएका कारण बोर्डको अध्यक्ष पदका लागि विभिन्न व्यक्तिको दौडधुपसमेत सुरु भईसकेको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार उनलाई मन्त्रीपरिषदको आउँदो बैठकले बर्खास्त गर्ने तयारी गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्