×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले दियो विन लघुवित्त र नेपाल सेवा लघुवित्तलाई मर्जरमा जानको लागि अन्तिम स्वीकृति

PRIME CA

नेपाल राष्ट्र बैंकले दियो विन लघुवित्त र नेपाल सेवा लघुवित्तलाई मर्जरमा जानको लागि अन्तिम स्वीकृति

१६ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले विन लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभ्ने गाभिने (मर्जर)मा जान अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले बुधबार दुवै संस्थाका प्रतिनिधीलाई मर्जरको अन्तिम स्वीकृतिको पत्र प्रदान गरी एकीकृत कारोबार सुरु गर्न स्वीकृति दिएको हो ।
दुई लघुवित्त मर्जरपश्चात संस्थाको नाम विन नेपाल लघुवित्त हुनेछ । गत मंसिर ३० गते दुई लघुवित्तले मर्जर सम्झौता गरेका थिए । नेपाल सेवा लघुवित्तको ७५ कित्ता सेयर बराबर विन लघुवित्तको १०० कित्ताको अनुपातमा दुई लघुवित्त मर्जरमा गएका हुन् ।
गत जेठ महिनामा साधारणसभाबाट मर्जर प्रस्ताव पारित गरी दुई संस्थाले अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष निवेदन पेश गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: