Skip to content
LAXMI SUNRISE BANK

वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर हुने, भयो दुवैको सेयर कारोबार रोक्का !

अर्थ सरोकार

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर हुने भएका छन् । दुवै कम्पनीबीच मंगलबार एक आपसमा मर्जरमा जाने सम्झौता भएको हो । मर्जर सम्झौता भएसँगै आज बुधबारबाट दुवै कम्पनीको नेप्सेमा सेयर कारोबार रोक्का भएको छ ।
वोमीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने सूर्योदयको केन्द्रीय कार्यालय स्याङ्जाको पुतलीबजारमा रहेको छ । यस्तै अहिले वोमीको चुक्ता पूँजी ४१ करोड १९ लाख रुपैयाँ छ भने सूर्योदयको २४ करोड ८० लाख रुपैयाँ रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK