Skip to content
LAXMI SUNRISE BANK

टिकाको दिन बाहेक सबै दिन खुल्ला रहने भयो एसियन लाईफ ईन्स्योरेन्सको भैरहवा शाखा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

एसियन लाईफ ईन्स्योरेन्सको भैरहवा शाखाले दशैँ बाहेकका सबै दिन सेवा सञ्चालन गर्ने भएको छ । कम्पनिका अभिकर्ता तथा बिमितको सेवालाई लक्षित गर्दै दशैँ बाहेकका सबै दिन निर्बाद रुपमा सेवा प्रवाह गर्ने कम्पनिका शाखा प्रबन्धक सुदिप पाण्डेले जानकारी दिएका छन् ।

चाडपर्वको समयमा लामो समयसम्म सेवा ठप्प हुँदा कम्पनि र सेवाग्राहीलाई मर्का पर्न सक्ने भन्दै यस्तो निर्णय गरेको शाखा प्रमुख पाण्डेले बताए । उनले भने, ‘दशैँको दिन बाहेकका सबै दिनमा हाम्रो यस शाखाबाट सेवाग्राहीले सेवा लिन सक्नेछन् ।’ त्यस्तै कम्पनिका अभिकर्ता एवं बिमितलाई दशैँको शुभकामना दिँदै उनले आवश्यक परेमा हरबखत आफु सेवामा तल्लिन रहेको बताएका छन् ।

दशैँको समयमा देशभरका सम्पुर्ण शाखा बन्द रहने गरेतापनि नागरिकको सहजताका लागि नयाँ अभ्यासको थालनि गरेको पाण्डेको भनाई रहेको छ । बिदाका दिनमा पनि आवश्यक परेमा आफ्नो व्यक्तिगत नम्बर ९८६६६९५६७८ मा समेत सम्पर्क गरेर सेवा लिन सकिने उनले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK