×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूँजीबजार लगानिकर्ता संघको दशैं विशेष शुभकामना आदानप्रदान कार्यक्रम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पूँजीबजार लगानिकर्ता संघको दशैं विशेष शुभकामना आदानप्रदान कार्यक्रम

Artha Sarokar

२३ आश्विन २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदुरपश्चिम ब्युरो

धनगढी । नेपाल पूँजीबजार लगानिकर्ता संघले दशैं, तिहार तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । शनिबार धनगढीमा पूँजीबजार लगानिकर्ता संघ सुदुरपश्चिम प्रदेश समितीले पूँजीबजारमा आबद्ध लगानिकर्ताहरुमाझ शुभकामना आदानप्रदान गर्नुका साथै बजारको नयाँ कार्यदिशाको विषयमा चर्चा र छलफल गरेको हो ।

कार्यक्रममा पूँजीबजार लगानिकर्ता संघ सुदुरपश्चिम प्रदेश समितीका संयोजक कुमार थापाले लगानिकर्ताहरुलाई आउँदै गरेको विजयादशमीको शुभकामना व्यक्त गरेका छन । शुभकामना दिदै उनले लगानिकर्ताहरुबिचको समन्वयकारी भुमिका हुनुपर्ने बताएका छन । उनले भने, ‘नयाँ र पुराना लगानिकर्ता एक ठाउँमा उभियंै भने बजारको यात्रा सहज हुन्छ ।’

शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित लगानीकर्ताहरुले एकआपसमा सेयर बजारको नयाँ कार्यदिशाको विषयमा छलफल गरेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा रहेर सेयर बजार मा प्रवेश गरेका नयाँ लगानीकर्ता र पुराना लगानीकर्ताबीचमा समन्वयकारी भुमिका निर्वाह गर्दै अगाडी बढ्ने कार्यक्रमले निश्कर्ष निकालेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी