- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना माहामारीका कारण सम्पुर्ण विश्व आतंकित बनिरहेका बेला हिन्दु नेपालीहरुको महान चार्ड दशैं, तिहार तथा छठपर्व नजिकिएसँगै सुरक्षा चुनौति थपिएको छ । सोहि अनूरुप सुदूरपश्चिम प्रदेश प्रहरी चाडपर्वमा निम्तिन सक्ने जोखिम न्युनिकरणका लागि तयारीमा जुटेको छ ।
चाडपर्वमा कोरोना नियन्त्रणमा प्रमुख चुनौती के छ ?
विशेषगरी सुदूरपश्चिम प्रदेशको गौरिफन्टा नाका र गड्डाचौकी नाका भएर ठूलो संख्यामा नेपाली नागरिक रोजगारीका लागि भारत जानेका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै सबैभन्दा ठूलो चुनौती यिनै नाकामा रहेकोले सोहि अनुसार सुरक्षा व्यवस्था बलियो बनाउने सुदूरपश्चिम प्रदेश प्रहरी नायब महानिरिक्षक पुरुषोत्तम कंडेलले बताए ।
कोरोना रोकथाम तथा न्युनिकरणमा प्रहरीको भुमिका कस्तो छ ?
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै डिआईजी कँडेलले कोरोना माहामारी स्वास्थ्यसँग जोडिएको विषय भएको बताए । उनले भने, ‘यसको प्रभाव सामाजिक, राजनीतिक, आर्थिक तथा शैक्षिक, मनोवैज्ञानिक लगाएका क्षेत्रमा परेको छ ।’ प्रहरी नायब महानिरिक्षक कंडेलले कोरोना रोकथाम तथा न्युनिकरणका लागि प्रहरीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताएका छन् ।
चाडपर्वमा कोरोना जोखिम कम गर्न प्रहरीको रणनीति के छ ?
माहामारी रोकथामको महत्वपुर्ण कदम भनेको भ्याक्सिनको उपलब्धता नै रहेकोले अग्रपंक्तिमा खटिएका सुदूरपश्चिम प्रदेशका सम्पुर्ण प्रहरी कर्मचारीलाई भ्याक्सिन वितरण गरिसकेको उनले बताएका छन् । उनले भने, ‘शान्ती सुरक्षा स्थापित गर्ने दायित्वबोध गरेको नेपाल प्रहरीको काँधमा अहिले माहामारीका रुपमा फैलिएको कोरोना रोकथामबाट नागरिकको ज्यानको सुरक्षा गर्ने अभिभारा समेत थपिएको छ ।’ प्रहरी नायब महानिरिक्षक कंडेलले सिमानाकामा चाडपर्व लक्षित हेल्प डेस्क स्थापना गर्नुका साथै विविध विषयमा प्रहरीको पहल तथा प्रयासको योजना तयार भएको जानकारी दिएका छन् ।
प्रहरी देख्दा सतर्क हुने, नदेखे लापरवाही बढ्ने प्रवृतिप्रति तपाईको धारणा के छ ?
प्रहरी देख्नेबित्तिकै सचेत हुने र प्रहरी नजरबाट टाढा भएपछि पुनः लापरवाही गर्ने नागरिकको प्रवृत्ती परिवर्तन गर्नुपर्ने त्यस्तै प्रहरी नायब महानिरिक्षक कंडेलले बताए । यद्यपि अहिले माहामारी पुर्णरुपमा न्युनिकरण नभएको भएतापनि अवस्था र जनजिवन सामान्य बनेको बताउँदै उनले माहामारीसँगको लडाईमा पहिलो सचेतना स्वयमं आफैबाट गर्नुपर्ने बताएका छन् । उनले थपे, ‘नागरिक सचेत भए विगतका जस्तो यसपालीको चाडपर्व कोरोनामय हुँदैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्