×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३५ लाखको लगानीमा प्याराडाईज क्याफे संचालन, यस्ता छन् सुविधा…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

३५ लाखको लगानीमा प्याराडाईज क्याफे संचालन, यस्ता छन् सुविधा…!

Artha Sarokar

२ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीमा सुविधासम्पन्न प्याराडाईज क्याफे संचालनमा आएको छ । एसटिएस सिनेमा हलमा झण्डै ३५ लाखको लगानीमा क्याफे संचालन गरिएको छ ।

तत्कालिन आवस्यकतालाई मध्यनजर गर्दै सिनेमा हलमा ‘Go Green, Safe Nature’ भन्ने मुल उद्देश्यका साथ क्याफे संचालन गरेको क्याफेका संचालक सुनिल यादवले बताए । ‘सिनेमा हलमा फिल्म हेर्नका लागि आउनेहरुको सुविधालाई मध्यनजर गर्दै क्याफेको अवधारणा ल्याएको हो’, उनले भने, ‘हल संचालनको समय बाहेक अन्य समयमा पनि सेवा दिन्छौं ।’ त्यस्तै यादवले हलको प्राङ्गणमा क्याफे भएतापनि अन्य सेवाग्राहीले पनि जुनसुकै समयमा सेवा लिन सक्ने बताएका छन् ।

क्याफे संचालन भएसंगै पारिवारिक माहोलमा सेवा दिने बताईएको छ । क्याफेमा आउने सबै सेवाग्राहीले वातावरणिय आनन्दका साथमा विभिन्न सेवा लिन सक्ने क्याफेका संचालक यादवले बताएका छन् । ‘हाम्रो उदेश्य नाफा कमाउनु मात्र होईन’, उनले भने, ‘गुणस्तरिय सेवा प्रवाह गर्नु नै मुख्य धेय हो ।’

क्याफेमा थकाली खाना पाउनुका साथै थारु लगायत विभिन्न संस्कृतीका खानाका परिकार पाईने यादवले बताएका छन । उनका अनुसार हरेक हप्ता फरक फरक स्वादका परिकार पाईनेछन ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी