×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अनमोल बचत तथा ऋण सहकारी संस्थाद्धारा वार्षिक प्रतिवेदन सार्वजनिक, ९४ लाख खुद नाफा आर्जन

भक्तपुर । अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्यबिनायकले ९४ लाख २७ हजार ६७७ रुपैँया ४७ पैसा खुद नाफा कमाएको छ । संस्थाको १२औं वार्षिक साधारण सभामा प्रकाशित प्रतिवेदनअनुसार संस्थाले आव २०७७/०७८ मा १० करोड २६ लाख ६७ हजार ११२ रुपैयाँ १७ पैसा आम्दानी गरी ९ करोड ३२ लाख ३९ हजार ४३४ रुपैयाँ ७० पैसा खर्च भई ९४ लाख २७ हजार ६७७ रुपैयाँ ४७ पैसा मुनाफा गरेको हो । कोरोना भाइरस महामारीको जोखिमको विषम परिस्थितिमा मध्यनजर संस्थाले कार्तिक ३ गतेदेखि १७ गतेसम्म कार्यालयमा नै साधारण सभा तथा निर्णय प्रमाणिकरण कार्यक्रम भईरहेको छ ।

संस्थाका अध्यक्ष बच्चुराम थापाले संस्थाको निहीत स्वार्थ र महत्वकांक्षीको कारणले अहिले सहकारी क्षेत्रमा समस्या देखा परेको भए पनि आफ्नो यो संस्था पनि त्यतातिर नलागी देशको दह्रो आर्थिक खम्बाको रुपमा उभ्याउन सफल भएको बताए । उनले संस्थाको आफ्नै निर्माणाधिन भवनमा निरन्तर काम भई रहेको बताउँदै यस आर्थिक वर्षभित्रै नयाँ भवनबाट कार्यालय संचालन हुने जानकारी दिए । सचिव राजु श्रेष्ठले यो संस्थाले आफ्नो कार्य क्षेत्रभित्र सबै सदस्यहरुलाई समान किसिमले व्यहार गरेकै कारण सदस्यहरुको संख्यामा वृद्धि भईरहेको बताए । उनले संस्थाले सहकारी सिद्धान्त, ऐन, नियम, विनियम र आचार संहिताको पूर्ण पालना गर्दै आफ्नो सदस्यहरुका छरिएर रहेको पूँजीलाई संकलन गर्दै आफ्ना सदस्यहरुका बीच उत्पादनमूलक, सिपमूलक, आयमूलक, व्यवसायमूलक र रोजगारमूलक क्षेत्रहरुमा लगानी गरी आर्थिक तथा सामाजिक रुपले आफ्ना सदस्यहरुको जीवनस्तर उकास्ने लक्ष्य रहेको बताए ।

कोषाध्यक्ष तुलसादेवी थापा राईले आव २०७७/०७८ मा ३ करोड २१ लाख ३८ हजार ७०० रुपैयाँ शेयर, ८६ करोड १४ लाख २४ हजार ३८ रुपैयाँ ३८ पैसा बचत र ७४ करोड १९ लाख ९५ हजार ६८४ रुपैयाँ लगानी भएको जानकारी दिइन् । संस्थामा २ हजार ९७ महिला र २ हजार ९२ पुरुष गरी कूल ४ हजार ८८९ जना सदस्य रहेको उनले जानकारी दिइन् । लेखा सुपरिवेक्षण समितिका संयोजक मोहन गिरीले बढ्दो कर्जाको मागलाई ध्यानमा राखी संस्थाको पुँजी वृद्धि गर्ने उद्देश्यले संस्थाका सदस्यहरुलाई नियमानुसार शेयर खरिद गर्न र थप सुविधा सहितको नयाँ कार्यक्रम ल्याउनु पर्ने सुझाव दिए ।

उनले संस्थामा काम गर्ने कर्मचारीहरुको मनोबल र आत्मबल बढाउन समय, काल, परिस्थिति अनुरुप आवश्यक नयाँ ज्ञान, सीप र तालिमको व्यवस्था गर्ने नीति अवलम्बन गर्नुपर्ने तथा संस्थाको आर्थिक एवं प्रशासनिक व्यवस्था समयानुकुल सुदृढ गर्नका लागि विद्यमान नीति नियम र कार्यविधिहरु परिमार्जन गर्दै लैजानु पर्ने सुझाव दिए । साथै उनले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।संस्थाका प्रबन्ध निर्देशक राजु थापाले अनमोलले छोटो अवधिमै सहकारीको मर्म अंगालेर बचतकर्ताहरुको मन जित्न सकेको बताए । उनले सदस्यको सन्तुष्टि नै संस्थाको सफलताको घडी भएकोले सदस्यहरुको आवश्यकता र चाहाना अनुरुप कार्यक्रमहरु बनाई लागू गर्ने र मूल्यांकन गर्ने योजना संस्थाको रहेको जानकारी दिए ।

 

 

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: