×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डीडीसीका कर्मचारीले सुरु गरे आन्दोलन, उपपमहाप्रबन्धकले एक करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डीडीसीका कर्मचारीले सुरु गरे आन्दोलन, उपपमहाप्रबन्धकले एक करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप (भिडियो)

Artha Sarokar

३ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विभिन्न ८ बुदे माग राख्दै दुग्ध विकास संस्थान (डीडीसी )का कर्मचारीले आन्दोलन सुरु गरेका छन् । संस्थानलाई नाफामा लान नसकेको, भ्रष्टाचारीलाई कारवाही नगरेको, कर्मचारीलाई दुख दिने मनासयले सरुवा गरेको लगाएतमा माग राख्दै कर्मचारीहरुले केन्द्रीय कार्यालय लैनचौरमा आन्दोलन सुरु गरेका हुन् । उनीहरुले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।
 उपपमहाप्रबन्धक अधिकारीले डीडीसीमा एक करोडभन्दा बढी रकम हिनामिना गरेको उनीहरुले आरोप लगाएका छन् । डीडीसी कर्मचारी संघका महासचिव एवं आन्दोलन परिचालन समितिका प्रवक्ता एयुव अलि खानले संस्थान सुधार र कर्मचारीको बृतिबिकासका लागि आन्दोलन गर्नुपरेको बताउनुभयो । यसअघि राखेको २० सुत्रिय मागमा प्रशासनले सहमति गरेपनि कार्यान्वयन हुन नसकेको उहाको भनाई छ ।
कर्मचारीहरुले २०५७ साल भन्दा अगाडी स्थायी भएका सम्पूर्ण कर्मचारीलाई प्राविधिक ग्रेड दिन नसकेको बताएका छन् । त्यस्तै दुघ र दुघजन्य पदार्थको बिक्रिबितरण समयानुकुल बृद्धि गर्न नसकेको उनीहरुको आरोप छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी