×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०% ले महँगियो लत्ताकपडाको भाउ, भिड खचाखच हुँदा पनि व्यापार नभएको न्युरोडका व्यवसायीहरुको गुनासो (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

२०% ले महँगियो लत्ताकपडाको भाउ, भिड खचाखच हुँदा पनि व्यापार नभएको न्युरोडका व्यवसायीहरुको गुनासो (भिडियो)

काठमाडौँ । दशैंले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो तर, बजारमा सामान किनमेल गर्नेको कमी हुँदा व्यापारे हुन नसेकेको छैन् । तर मुल्य पनि गत बर्षको भन्दा २० प्रतिशत भन्दा धेरैले बढेको व्यापारीहरुले बताएका छन् ।
आजबाट दशैं सुरु भएको छ । दसैँ सुरु भएसँगै बजारमा पनि सामान किन्नेहरुको चहलपहल बढ्न थालेको छ । नयाँ कपडा लगाउन दशैं कुर्ने बानी हटि नसकेका कारण पनि बजारमा भीड बढेको हो । तर, बजारमा आफूहरुले चाहे जस्तो सामान नहुँदा ग्राहकहरु भने निरास भएर फर्कन बाध्य भएका छन् भने सामान पाएपनि धेरै महँगो भएको प्रतिक्रिया समेत दिएका छन् । खासगरी काठमाडौंको भोटाहिटी, असन, इन्द्रचोक, खिचापोखरी लगायका क्षेत्रमा आउने ग्राहकहरुले लत्ताकपडा, जुत्ता लगायतका सबै सामानको भाउ निकै महङ्गो रहेको बताएका छन् । यस्तै, उनीहहरुले बजारमा नयाँ सामानहरु देखिएको पनि बताएका छन् ।
यता, व्यापाीहरुले पनि यस बर्षको दशैंकमा लत्ताकपडालगायतका सामानहरुको मूल्य वृद्धि भएको स्वीकार गरेका छन् । उनीहरुले दसैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको भन्सार नाकामै लामो समयसम्म रोकिंदा बजारमा अभाव भएको तथा भन्सारको मूल्याङकन पनि बढेको कारण महँगी बढेको बताएका छन् ।
उनीहरुको अनुसार यो बर्ष २० प्रतिशत भन्दा धेरै मूल्यवृद्धि भएको छ । व्यापारीहरुले ग्राहकहरुको आगमन कम हुदाँ व्यापार पहिलेको भन्दा खस्किएको पनि बताएका छन् । उनीहरुले दशैं सुरु भएसँगै व्यस्त हुनुपर्ने बेला मोवाइल खेलाएर दिन काट्न बाध्य हुनुपरेको पनि गुनासो गरे । व्यापारीले सोचेअनुसारको व्यापार नभएको बताइरहँदा बजारमा भीड लाग्ने क्रम भने दिनहुँ बढिरहेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: