×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मंसिरको पहिलो साता राजधानीमा १८औँ हस्तकला व्यापार मेला हुँदै, उत्कृष्ट निकासीकर्तालाई सम्मान गरिने ! (भिडियो रिपोर्ट)

काठमाडौँ । १८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता मंसिरको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर ३ गतेदेखि ५ गतेसम्म काठमाडौंको ह्यात होटलमा मेलाको आयोजना गर्न लागेको जनाएको हो । मेलाको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने महासंघले जनाएको छ ।
नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । त्यस्तै कोरोना महामारीका कारण सिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई पुन: चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने महासंघका उपाध्यक्ष रविन्द शाक्यले जानकारी दिनुभयो । उहाले मेलामा तीनै तहका सरकारलाई पनि सहभागीता गराउने जानकारी दिनुभयो ।
मेलामा हस्तकलालगायतका बिभिन्न बस्तुहरुको १२० वटा स्टल रहनेछन् भने ७० बर्ष नाघेका ज्येष्ठ कलाकार तथा हस्तकला बस्तुहरु विदेशी बजारमा निर्यात गर्ने उत्कृष्ट निकासीकर्तालाई सम्मान गरिने आयोजकले जनाएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: