काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्थाले कात्तिक १५ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन् । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिइसकेको छ ।
विन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो । मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय मेलम्ची १३, सिन्धुपाल्चोकमा रहनेछ भने डाटा माइग्रेशनको लागि दुवै लघुवित्तले प्रदान गर्दै आएको सबै बैंकिङ कारोबार कात्तिक १४ गते बन्द रहनेछ ।