काठमाडौं । प्रहरीले नगद र सुनचाँदीका गहना चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न सहकारी संस्था तथा घरबाट नगद तथा सुनचाँदीका गहना चोरी कार्यमा संलग्न रहेको आरोपमा रामेछापको दोरम्बा गाउँपालिका–४ का ३१ वर्षीय कमल थापा मगर, सोही ठाउँका ३० वर्षीय धनलाल थापा मगर र पाँचथर फाल्गुनन्द गाउँपालिका–५ घर भई काठमाडौंको कपनमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका ३९ वर्षीय हरिप्रसाद रसाइलीलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कमल र धनलालले विभिन्न सहकारी संस्थाको कार्यालय तथा मानिसहरु नभएको मौका छोपी विभिन्न व्यक्तिका घरबाट नगद तथा सुनचाँदीका गरगहना चोरी गरेर ल्याउने र हरिप्रसादले खरिद गर्ने गरेको भेटिएका पक्राउ गरिएको हो । उनीहरुको साथबाट ८२.६८ ग्राम सुनका गहना र दुई थान मोबाइलसमेत बरामद गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्