Skip to content
LAXMI SUNRISE BANK

‘आफ्नै गाउँ जाने बाटो पिच गर्न नसक्ने प्रधानमन्त्रीले यो देशको बाटो तय गर्न सक्दैनन’- अध्यक्ष बस्नेत

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पाँचौ पटक प्रधानमन्त्री बनेका शेर बहादुर देउवाले आफ्नै गाउँ जाने बाटो बनाउन नसकेको बताएका छन । प्रेस चौतारीको सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै उनले असक्षम प्रधानमन्त्रीको जिउँदो साक्षी देउवा भएको बताएका हुन ।

प्रधानमन्त्री शेर बाहादुरको गृह जिल्लामा उभिएर चुनौती दिदै झुक्किएर पाँच पटक प्रधानमन्त्री बनेको भएतापनी अब सम्भावना शून्य रहेको उनले बताएका छन । ‘पार्टी अध्यक्ष केपि ओलिको योजना तुहाउने शेर बहादुर देउवा हो’, उनले भने, ‘ब्यबस्थित बाटाघाटाका योजना अन्धो भएर सबै खारेज गरिदिएर सुदूरको विकास १० वर्ष पछाडी धकेल्ने पनि उनै देउवा हुन ।’

त्यस्तै उनले पाँच पटक प्रधानमन्त्री बन्दापनी आफ्नै गाउँ जाने बाटो बनाउन नसकेको आरोप लगाएका छन । ‘देउवा देखेर सुदूरका जनता आजित बनिसके’, अध्यक्ष बस्नेतले भने, ‘आफ्नै घर राम्रो भएको नरुचाउनेले देशको बाटो तय गर्न सक्दैनन ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK