×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारी अभावले डोटी प्रशासनको काम लथालिगं, रित्तै हात फर्किदै सेवाग्राही !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कर्मचारी अभावले डोटी प्रशासनको काम लथालिगं, रित्तै हात फर्किदै सेवाग्राही !

Artha Sarokar

२६ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

जिल्ला प्रशासन कार्यालयमा लामो समयदेखि दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दीका कर्मचारी नभएका कारण पछिल्लो समय सेवाग्राही समस्या भएको दिपायल सिलगढी नगरपालिका–२ का स्थानीयवासी रमेशबहादुर नेपालीले बताए । उनले भने, ‘प्रशासनमा शाखा अधिकृत पनि छैनन्, नागरिक लिन जाँदा पनि खाली हात फर्किनुपर्ने वा दुई/तीन दिन कुर्नुपर्ने अवस्था आएको छ ।’

कर्मचारी पठाउन गृह मन्त्रालयमा पटक–पटक पत्राचार गरेपनि हालसम्म कर्मचारी नपठाएकाले समस्या उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिएका छन् । ‘तोकिएको दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ’, उनले भने, ‘कर्मचारी पठाउन पत्राचार गरेका छौँ, तर अहिलेसम्म पठाएका छैनन् ।’

पछिल्लो समय कार्यालयबाट नागरिकता लिने सेवाग्राहीको भीड बढेपछि कर्मचारी अभावमा सेवा प्रवाहमा दिनहुँ समस्या हुँदै आएको छ । कार्यालयमा प्रजिअसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ मात्र कार्यरत छन् । कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका काममा समस्या उत्पन्न भएको बताइएको छ ।

लाइन बस्दापनि समयमा काम नहुँदा सास्ती झेल्न बाध्य भएको सेवाग्राहीको गुनासो रहेको छ । नागरिकता फाँटका एक प्रशासकीय अधिकृत, नायबसुब्बा सातमध्ये दुई र खरिदार चारमध्ये दुई तथा एक चालकको दरबन्दी महिनौँदेखि खाली रहेको छ । प्रशासनमा अहिले नागरिकतासहित अन्य सेवा लिन आउने सेवाग्राहीको भीड रहेको जनाइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी