- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन सम्बन्धि सरोकारवाला निकायसंग छलफल तथा अन्तर्त्रिया कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली धनगढीको प्रांगणमा यातायात कार्यालय, खानेपानी संस्थान, अटोरिक्सा चालक मजदुर संघ, मजदुर भलाई संघ, नेपाल आयल निगम, विभिन्न यातायात व्यवसायी समिति लगायतका निकायको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो ।
छाडा पशुचौपाया, अव्यवस्थित सवारी पार्किङ, निर्माणाधीन सडक संरचना र अनियन्त्रित विधुतिय रिक्साको चापका कारण दुर्घटनाले भयावह रुप लिंदै गएको कार्यक्रममा सहभागीहरुले बताएका छन । उपमहानगरपालिकाभित्र अटोरिक्साको अवस्था भयावह बन्नुको मुख्य कारण देशमा रहेको तिनै तहको आन्तरिक खिचातानी रहेको उनिहरुको तर्क रहेको छ । जिल्लामा देखिएका सडक दुर्घटनाका मुख्य मुख्य विषयमा केन्द्रित रहि समस्या समाधानमा ट्राफिक प्रहरी कार्यालय लागि पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक वकिल बहादुर सिंहले बताए । ‘दुर्घटना न्युनिकरणमा प्रहरीसंगै नागरिक पनि जिम्मेवार हुनुपर्छ’, उनले भने, ‘कुनैपनि हातलमा सडक दुर्घटना न्युनिकरण गर्नु हाम्रो लक्ष्य रहनेछ ।’
त्यस्तै प्रहरी निरीक्षक वसिंहले आफुले पाएको जिम्मेवारी पुर्णरुपमा सफल पार्ने समेत प्रतिवद्धता गरेका छन् । कार्यक्रममा बोल्दै उनले आफ्नो कार्यकालमा विशेष गरि थ्रि ओ अर्थात ओभरटेक, ओभरस्पिड र ओभरलोडमा मुख्यरुपमा रणनीति तयार पार्ने बताए । ‘यो समस्या मेरो कार्यकालमा शुन्यमा झार्छु’, उनले भने । त्यस्तै उनले सवारी चाप, अव्यवस्थित पार्किङ्गसँगै ट्राफिक नियमका विषयमा पनि नागरिकमा सचेतना फैलाउने र सडक दुर्घटना न्युकिरणमा ध्यान दिने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्