×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीका १९ वटै वडामा माओवादी केन्द्रको वडा अधिवेशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

धनगढीका १९ वटै वडामा माओवादी केन्द्रको वडा अधिवेशन

Artha Sarokar

४ मंसिर २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रथम एतिहासिक वडा अधिवेशन देशव्यापी रुपमा संचालन भईरहेको छ । सोहि अनुसार धनगढीका १९ वटै वडाहरुमा पनि माओवादी केन्द्रको वडा स्तरिय अधिवेशन गरिएको हो ।

पार्टीको केन्द्रिय सर्कुलर अनुसार देशैभरीका ६ हजार ७ सय ४३ वटै वडाहरुमा वडा स्तरिय प्रथम एतिहासिक अधिवशेसन सुरु भएको माओवादी केन्द्रका धनगढी उपमहानगरपालिकाका नगर कमिटी संयोजक निर्मल शाहले जानकारी दिए । यससँगै अवका दिनदेखी पार्टी नयाँ ढंगबाट सुदृढ हुँदै त्रान्तिकारी पार्टी निर्माणको दिशामा अगाढी बढेको संयोजक शाहको भनाई रहेको छ ।

त्यस्तै उपमहानगरपालिकाका १९ वटै वडाहरुमा हर्ष उल्लाहसका साथ अधिवेशन सम्पन्न हुने चरणमा रहेको नगर संयोजक शाहले बताए । ‘प्रथम अधिवेशनका लागि केन्द्र, जिल्लाबाट सम्पुर्ण वडामा प्रतिनिधीहरु पठाइएको छ’, उनले भने, ‘प्रथम अधिवेशनबाट वडा कमिटी विस्तार गरिनेछ ।’

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी