×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूमिहीनद्वारा जग्गामा स्वामित्वको माग, ५६ हजार २४ अव्यवस्थित बसोवासी रहेको तथ्याङ्क

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भूमिहीनद्वारा जग्गामा स्वामित्वको माग, ५६ हजार २४ अव्यवस्थित बसोवासी रहेको तथ्याङ्क

Artha Sarokar

२६ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कञ्चनपुर । कञ्चनपुरका भूमिहीनले जग्गामा स्वामित्वको माग गरेका छन् । सुकुम्बासी, भूमिहीन, दलित, आरक्ष पीडित, मुक्तकमैया महिला तथा अव्यवस्थित बसोवासीले जग्गामा स्वामित्वको माग गरेका हुन् ।

सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगलाई दबाब दिन उनीहरुले बहादुरसिंह महराको संयोजकत्वमा सात सदस्यीय संघर्ष समितिसमेत गठन गरेका छन् । “हाम्रा नाममा पटकपटक आयोग र कार्यदल बन्ने र विघटन गर्ने काम हुँदै आएको छ”, संयोजक महरा भन्छन् “वर्षौंदेखि समस्या ज्यूँका त्यूँ छन् ।”

संघर्ष समितिले दबाबका कार्यक्रम अघि बढाउने उनी बताउछन् । समितिले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई आयोगसम्बन्धी काम अघि बढाउन ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । कञ्चनपुरमा ५६ हजार २४ अव्यवस्थित बसोवासी रहेको तथ्याङ्क छ ।-रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी