×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२० लाखको लगानीमा धनगढीमा माछापुच्छ्रे अर्गानिक कफि हाउस संचालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२० लाखको लगानीमा धनगढीमा माछापुच्छ्रे अर्गानिक कफि हाउस संचालन

Artha Sarokar

१३ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार सुदुरपश्चिम ब्युरो

धनगढी । धनगढीमा कफि पारखीहरुका लागि माछापुच्छ्रे अर्गानिक कफि हाउस संचालनमा आएको छ । सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर २ एभरेस्ट बैंकको पछाडी कफि हाउसको उद्घाटन गरिएको हो । २० लाखको लगानिमा धनगढीमा फरक स्वाद दिने उद्देश्यका साथमा कफि हाउस संचालनमा ल्याएको कफि हाउसका संचालक पवन सेरचनले बताए ।

यो पोखराको माछापुच्छ्रे अर्गानिक कफि हाउसको शाखा हो, उनले भने, “४ जनाको संयुक्त लगानीमा यो कफि हाउस संचालनमा ल्याएका हौं । पछिल्लो समय नयाँ पिढी कफिप्रती आकर्षित हुँदै गएको छ र कफिका थुप्रै फाईदापनी छन, अर्का संचालक हेमन्त अधिकारीले भने, अरु कुराको लत लगाउनुभन्दा कफिप्रेमी बनाउनकै लागि धनगढीलाई केन्द्रित गर्दै कफि हाउस खोलेका हौं ।”

त्यस्तै उनले धनगढीको माग अनुसारको स्वाद दिने बताएका छन । उनले थपे, “अहिले नितान्त कफिलो स्वाद मात्रै दिन्छौं तर भावी दिनमा फुड रेस्टुरेन्ट नै संचालन गर्ने लक्ष्य छ ।” कफि हाउस ४ जना (हेमन्त अधिकारी, पवन सेरचन, सन्दिप कार्की र अर्जुन थापा) को पार्ट्नससिपमा संचालन गरिएको हो । कफि हाउसको उद्घाटन भने राष्ट्रिय सरोकार मञ्चका केन्द्रिय अध्यक्ष सोमबिक्रम सिंह र आई.एस.टि.एफ (international soft tenis federation) का अध्यक्ष बिनयबिक्रम शाहले संयुक्त रुपमा गरेका हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी