×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको नियम कडा ! अन्नपूर्ण पोष्टका पूर्व प्रबन्धकको ‘कर्जा सूचना’ अन्नपूर्ण पोष्टमै छापिदियो…! (सूचनासहित)

PRIME CA

सनराइज बैंकको नियम कडा ! अन्नपूर्ण पोष्टका पूर्व प्रबन्धकको ‘कर्जा सूचना’ अन्नपूर्ण पोष्टमै छापिदियो…! (सूचनासहित)

५ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । तपाईंले काम गरेकै संचारमाध्यममार्फत तपाईंलाई बैंकले कर्जा तिर्ने सूचनामा तपाईंकै फोटोसमेत छापिदियो भने के भन्नुहुन्छ ? कतिपयले यसलाई सामान्य भन्छन्। तर संचारमाध्यमा विज्ञापन तथा सुचना प्रकाशन गर्नेहरुले आफ्नै मान्छेको सूचना आफ्नैमा हत्तपत्त छाप्न मान्दैनन् । तर अन्नपूर्ण पोष्टमा भने सोहि संस्थामा काम गर्ने पूर्व हाकिमकै फोटो छापियो । शुक्रबार प्रकाशित अन्नपूर्ण पोस्टको ७ नम्बर पेजमा अन्नपूर्ण मिडिया नेटवर्ककै पूर्व प्रबन्ध निर्देशक लक्ष्मी प्रसाद पौड्यालको तस्विर छापिएपछी अहिले बजारमा चर्चा छ- ‘सनराइज बैंक त कडा बैंक रहेछ…’

यसअघि एपीवान टेलिभिजन तथा अन्नपूर्ण मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेका उनी अहिले ऋण नतिरी सम्पर्कविहिन भएर बसेका छन् । कर्जा तिर्न नसकेर कालोसूचीमा पर्न लागेका एक ऋणीको परिवारको जमानत बसेका पौड्यालले आफ्नो फोटो आफैं पहिला हाकिम भएको मिडियामा हेर्नुपर्यो ।

‘सनराइज बैंकले पैसा तिरेर सो सूचना छापेको हो । पैसा भनेपछि कुन दिन रामेश्वर थापाकै त फोटो छापीदिन्छन् हाम्रा साथीहरुले, पूर्व हाकिमको के कुरा भयो र ?’ अन्नपूर्ण पोष्टमा कार्यरत एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘यो सूचना अरु नैपत्रिकामा छपाउनु भनेको भए हुन्थ्यो । यसको मजाक गर्नु हुँदैनथियो ।’ ती कर्मचारीले भने ।

यता अन्नपूर्ण पोष्टकै अर्का एक उच्च तहका कर्मचारीको भनाई भने फरक छ । ‘ बैंकले कसको फोटो छापेको छ भन्ने हामीलाई मतलब हुन्न । हामीले सूचना छाप्ने नै हो । अव आफ्नै पूर्व हाकिमको परेछ, योचाहिं थाहा भएन । पछीमात्र थाहा भयो । सुरुमै थाहा भएको भएर छापेको भएपनि बिग्रिनेचाहिं केहि थिएन । र अहिले पनि खासै बिग्रेको केहि छैन ।’ उनले भने ।

पौड्यालको जमानतमा सनराइज बैंकबाट ऋणी दि कञ्चनजंगा कन्स्ट्रक्सन कम्पनी प्रालीले महिन्द्राको २ वटा पिकअप भ्यान, २ वटा लोडर र ३ वटा स्क्याभेटर खरिद गरेका थिए ।उनले प्रभावशाली व्यक्ति भएकै कारण सो ऋणमा जमानी बसेको बुझिएको छ ।

यस प्रकरणका सनराइज बैंकका एक उच्च तहका कर्मचारीले ठट्टा गर्दै भने-‘ठिकै छ त ! हामीलाई पनि सनराइज भन्दा पहिला काम गरेको संस्थाको बढी चासो हुन्छ नि ! त्यस्तै हो भन्ने ठानेर अरु पत्रिका नपढेपनि अन्नपूर्ण त तिनले पक्कै पढ्लान् भनेर साथीहरुले त्यति छापिदिए होलान् सूचना…!’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: