Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय सरोकार मञ्चले थाल्यो कैलालीमा ‘विद्यार्थीसङ्ग ट्राफिक प्रहरी अभियान’

अर्थ सरोकार

  • अर्थ सरोकार सुदुरपश्चिम ब्युरो

धनगढी । कैलालीमा विद्यार्थीसङ्ग ट्राफिक प्रहरी अभियान सुरु गरिएको छ । राष्ट्रिय सरोकार मञ्च कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको संयुक्त आयोजनामा अभियान थालिएको हो ।

विद्यार्थीसङ्ग ट्राफिक प्रहरी अभियान अन्तर्गतको पहिलो कार्यक्रम माईलस्टोन इङ्ग्लिस बोर्डिङ्ग स्कुलमा सम्पन्न गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए । ‘कैलालीका लागि यो नौलो अभियान हो’, उनले भने, ‘सकेसम्म धेरै जनमासमा सचेतना फैलाउने हाम्रो उद्देश्य हो ।’

कार्यक्रमबाट विद्यार्थीहरूले ट्राफिक नियमहरूको बारेमा आवश्यक जानकारीका साथै आफ्ना जिज्ञासाका प्रतिउत्तर समेत प्राप्त गरेको ट्राफिक प्रहरी निरीक्षक सिंहले बताए । त्यस्तै उनले विद्यार्थीसङ्गै परिवारपनि ट्राफिक नियमका विषयमा जानकार हुनुपर्ने बताएका छन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK