×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेढ लाखको लगानीमा धनगढीको ‘सार’ टिमले गर्यो इलेक्ट्रिक कार आविष्कार…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डेढ लाखको लगानीमा धनगढीको ‘सार’ टिमले गर्यो इलेक्ट्रिक कार आविष्कार…

Artha Sarokar

११ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीमा सार टीमले ईलेक्ट्रिक कार निर्माण गरेको छ । एक्सिस विद्याश्रमको कक्षा १० मा अध्ययनरत ४ जना विद्यार्थीको सार टीमले ‘अल्फा’ नामक कार निर्माण गरेको हो ।

१६ वर्ष भन्दा मुनिका ४ जना किशोर ऋषिकेश थापा, रोहीत ऐर, आदित्य जोशी र सक्षम रेग्मीले विद्युतबाट सञ्चालन हुने कार निर्माण गरेका हुन् । एक लाख ५० हजारको लगानीमा विभिन्न सामग्रीहरु जुटाएर आफ्नै परिश्रमबाट गाडी निर्माण गरेको ऋषिकेश थापाले बताए । ‘हामी ४ जनाको टिमले पहिले बाटै केहि नयाँ गर्ने सोच बनाएका थियौँ’, उनले भने, ‘लकडाउनमा फरक गर्ने सोचसँगै ईलेक्ट्रिक कार निर्माण गरेका हौँ ।’ त्यस्तै उनले आफुहरुको उक्त प्रयासमा परिवार र विद्यालयको ठूलो सहयोग रहेको बताएका छन् ।

निर्माण गरिएको सार अल्फा कार नेपालको भौगोलिकतालाई सुहाउँदो भएको अर्का विद्यार्थि सक्षम रेग्मीले बताए । ‘नेपालको परिपेक्षमा प्राय अफरोड गाडीहरु मन पराईने भएकोले आफुहरुले तयार गरिएको छ’, रेग्मीले भने, ‘सहजताका लागि इलेक्ट्रिक कारमा सस्पेन्सन सिस्टम पनि राखेका छौँ ।’ लगानी र गाडीका लागि चाहिले पार्टसको अभावका कारण कवाडबाट सामाग्री ल्याएर त्यसैलाई प्रयोग गरेको उनले बताएका छन् ।

४ जना किशोरले आफ्नै हातबाट निर्माण गरेको अल्फा नामक कारलाई आइतबार सार्वजनिक गरिएको छ । अहिले सार्वजनिक गरिएको कारले ७ क्विन्टल बोक्न सक्ने बताइएको छ । अन्य गाडी जस्तै देखिने अल्फा कारलाई पनि बजारमा ल्याउने तयारी सार टीमको छ । सबै निकायबाट सहयोग प्राप्त भए नयाँ सामान पनि उत्पादन गर्ने योजना सार टीमले बनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी