×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा ट्राफिक प्रहरीको प्रभावकारी कदम, ट्याङ्कर पार्किङ्गदेखी अटोरिक्साको रुट एकैदिन तोकियो…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धनगढीमा ट्राफिक प्रहरीको प्रभावकारी कदम, ट्याङ्कर पार्किङ्गदेखी अटोरिक्साको रुट एकैदिन तोकियो…

Artha Sarokar

१ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीमा ट्राफिक प्रहरीले सडक दुर्घटना न्युनिकरणमा सिस्टमेटिक व्यवस्थापनको थालनि गरेको छ । पौष १ गतेदेखी लागु हुनेगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढी बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सक्रियता देखाएको हो ।

बिहिबार धनगढी उपमहानगरपालिका २ विशालनगरमा रहेको नेस्नल ट्रेडिङ्ग को झण्डै डेढ बिघाह जमिनमा ट्याङ्कर पार्किङ्ग स्थल निर्माण गरिएसँगै मोहोना अत्तरिया ६ लेन सडकमा अव्यवस्थित ट्याङ्कर पार्किङ्गको समस्या समाधान भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक वकिल बहादुर सिंहले बताएका छन् । ‘अब ६ लेनमा पार्किङ्ग गरिने ट्याङ्कर सबै यहीँ पार्किङ्ग हुन्छन्’, उनले भने, ‘यसले ६ लेनमा देखिएको ठूलो सडक दुर्घटनाको जोखिम कम भएको छ ।’

त्यस्तै पौष १ गतेबाट लागु हुनेगरी धनगढीमा रहेका अटोरिक्साहरुमा पनि जोरबिजोर प्रणाली ल्याएको प्रहरी निरिक्षक सिंहले बताएका छन् । ‘योसँगै आजैबाट लागु हुनेगरी धनगढीमा पार्किङ्गको अवस्थालाई पनि व्यवस्थित बनाएका छौँ’, सिंहले भने, ‘यो क्रम निरन्तर चलिरहन्छ ।’ त्यस्तै सिंहले आफ्नो कार्यकालमा धनगढीमा देखिएका ट्राफिक व्यवस्थापनका समस्यालाई निर्मुल पार्ने प्रतिबद्धता समेत गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी