×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पौष १० गते धनगढीको ‘किङ्गस ढावा’ मा लिल बुद्ध ‘साकार’ आउँदै….

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पौष १० गते धनगढीको ‘किङ्गस ढावा’ मा लिल बुद्ध ‘साकार’ आउँदै….

Artha Sarokar

३ पुष २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढीमा पहिलो पटक साकारको लाईभ ईभेन्ट आयोजना हुने भएको छ । कैलाली भन्सार कार्यालयको नजिकै रहेको किङ्गस ढावामा पुस १० गते चर्चित र्यापर लिल बुद्ध साकारको उपस्थितिमा लाईभ ईभेन्ट आयोजना गर्न थालिएको ढावाका सञ्चालक रिवाज शाहले बताएका छन् ।

९ गते ढावाको उद्धघाटन गरेसँगै दोस्रो दिन क्रिस्मस डे को अवसरमा लाईभ ईभेन्ट हुने शाहले बताएका छन् । ‘यो लाईभ ईभेन्ट नव युवा पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्छ’, उनले भने, ‘साकारको नेपाल टुरको दौरानमा धनगढीमा ईभेन्ट यहाँ आयोजना गरिएको हो ।’ त्यस्तै काठमान्डौमा झण्डै ४ वर्षको पल्पासा क्याफेको अनुभव बोकेका शाहले सिमावर्ति क्षेत्रमा नागरिकको सुविधालाई मुख्य ध्यानमा राखेको बताएका छन् ।

डेढ करोडको लगानीमा सञ्चालनमा ल्याईएको किङ्गस ढावामा नेपाली खानाका विभिन्न परिकार पाईनेछन् । सिमावर्ति क्षेत्रमा भारतिय पर्यटकको सहजतालाई मध्यनजर गर्दै पारिवारिक माहोलमा ढावा सञ्चालन गरेको शाहको भनाई रहेको छ । त्यस्तै लाईभ कन्सर्ट वा ईभेन्ट सञ्चालनका लागिपनि विशेष व्यवस्था रहेको उनले बताएका छन् ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी