- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । महिला कानुन र विकास मंन्चको आयोजनामा संस्थागत सहयोग वितरण कार्यक्रम सम्पन्न गरिएको छ । धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै दलित महिला अधिकार मञ्च र युएन वोमनको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।
ग्रामिण महिला संगठनहरुले पछिल्लो समय सामाजिक रुपान्तरणका लागि ठूलो योगदान दिंदै आएकोले महिला सशक्तीकरणका लागि सहयोग हस्तान्तरण कार्यक्रमको आयोजना गरेको दलित महिला अधिकार मंन्चकी अध्यक्ष सावित्रा घिमिरेले बताईन । ‘महिला हिंसा विरुद्दको १६ दिने अभियान चलिरहंदा हिंसा अन्त्यका लागि महत्वपुर्ण भुमिका खेलेका विभिन्न महिला समुहहरुलाई उत्प्रेरित गर्न सामाग्री हस्तान्तरण गरिएको हो’, उनले भनिन्, ‘यो सहयोगले हाम्रो समाजमा रहिआएका महिला हिंसा अन्त्यको आधार तय गर्नेछ ।’
त्यस्तै राज्यमन्त्री मना कुमारी साउंदले यो कार्यक्रमले महिला र महिला समुहका लागि थप प्रोत्साहन गर्ने बताएकी छिन । ‘एकजनाबाट सुरु भएका ग्रामिण भेगका महिला समुहहरुलाई आगामी दिनमा थप उत्साह गर्न यो कार्यक्रमले भुमिका खेल्छ’, उनले भनिन, ‘यस्ता कार्यक्रमलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्छ ।’ त्यस्तै उनले आगामी दिनमा महिला सशक्तीकरणका लागि भुमिका खेल्ने समेत बताएकी छिन ।
कार्यक्रमा संस्थागत आवस्यकतालाई मध्यनजर गर्दै कैलाली र डडेल्धुराका उत्पिडित महिला कृषि सहकारी संस्था, सामाजिक सचेतना महिला संजाल, गृहणी कृषक महिला समूह, महिला मुक्ती समाज, कंचन हरियाली उधमी कृषक समुह, सर्वाङ्गी अपाङ्गता महिला विकास समूह, देउराली महिला कृषि सहकारी संस्था, महिला जागरण केन्द्र, सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका, हिमाल बचत तथा रिण सहकारी संस्थालाई ल्यापटप, दराज, कुर्सी, प्रिन्टर लगायतका सामाग्री वितरण गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्