×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशबाट फर्केका युवा कुखुरापालन व्यवसायमा रमाउँदै, २० लाख नाफा आर्जन गर्न सफल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विदेशबाट फर्केका युवा कुखुरापालन व्यवसायमा रमाउँदै, २० लाख नाफा आर्जन गर्न सफल

Artha Sarokar

२४ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-३ का २५ वर्षीय जयराम चौधरी गतिलो कमाईका लागि दुई पटक विदेश पुग्नुभयो । पाँच वर्ष विदेश बसे पनि उहाँले मनग्य पैसा आर्जन गर्न सक्नुभएन् । विदेशबाट कमाएको पैसाले घरमै व्यवसाय गर्ने चौधरीको ठूलो धोको थियो । तर थोरै पैसा मात्रै बचत गर्न सकेपछि उहाँले व्यवसाय गर्न ऋण काढ्नतर्फ लाग्नुभयो । ऋण नपाएपछि चौधरी कतार उड्नुभयो ।

कतार पुगेपछि कोराना महामारी फैलियो । “निषेधाज्ञाका कारण खासै कमाइ भएन,” उहाँले भन्नुभयो, “घर फर्किए पनि कोरोनाकै त्रास थियो । त्रासमै बस्नुपर्ने अवस्था आयो ।” विदेशबाट कमाएको तीन लाखले चौधरीले कुखुरापालनको सुरुवात गर्नुभयो । दुईवटा फार्म बनाएर उहाँले कुखुरापालन गर्न थाल्नुभयो । “फार्म, दानापानी र औषधोपचारमा धेरै खर्च हुन थाल्यो । विदेशबाट दुःख गरेर ल्याएको पैसा सिद्धिएर घाटा हुने हो कि भन्ने चिन्ता भयो,” उहाँले भन्नुभयो, “तर पहिलो लट्मै पाँच लाखको कुखुरा बिक्री भयो ।”

फार्म निर्माण, दानापानी र औषधोपचारमा लागेको खर्च कटाएर एक लाख ५० हजार नाफा भएको चौधरीले बताउनुभयो । दुई फार्ममा उहाँले सात हजार कुखुरा पाल्दै आउनुभएको छ । हालसम्म चौधरीले २० लाख नाफा आर्जन गर्नुभएको छ । “विदेशमा जति परिश्रम गरे पनि महिनाको ३५ हजार रकम मात्रै मासिक रुपमा हात पथ्र्यो । यहाँ विदेशको भन्दा चार गुणा बढी आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । विदेशमा भन्दा घरमै गतिलो आम्दानी हुन थालेपछि चौधरी खुशी हुनुहुन्छ ।-रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी