Skip to content
LAXMI SUNRISE BANK

फेसबुकमा भीआइपीदेखि सेलीब्रेटीसम्मका तस्वीर राखेर १५ लाख रुपैयाँ ठगी गर्ने पत्रकार एन्जिना कार्की पक्राउ

अर्थ सरोकार

विभिन्न काम बनाइदिन्छु भन्दै रकम असुलेको आरोपमा सोह्रखुट्टे चौकीले एक महिला पत्रकारलाई १६ लाख नगदसहित अनुसन्धानको दायरामा ल्याएको छ ।
बिशालबजार,काठमाण्डौस्थित जनसेवा प्रहरीले ठगी मुद्दामा उनलाई समातेर सोह्रखुट्टे प्रहरी वृत्तलाई बुझाएको हो । जनसेवा प्रहरीका ईन्सपेक्टर सन्तोष कुमार खड्काले बताएअनुसार पक्राउ पर्नेमा एन्जिना कार्की रहेकी छिन् ।कार्कीमाथि सहकारीलगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको आरोप छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका कारण घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको खड्काले बताउनुभयो ।
हाल आफूहरु महाधिवेशनस्थलमा रहेकाले ठगी गर्ने महिला पत्रकारको बिषयमा प्रहरी कार्यालयमा गएर मात्रै बताउन सक्ने खड्काले बताउनुभयो । एन्जिना केही समय अगाडिसम्म भारतको जीटीभीसङ्ग सम्बध्द थिइन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK