काठमाडौं । हिमालयन रिइन्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सो अवधिमा ४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
कम्पनीले यस अवधिमा ८ करोड ८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको जनाएको छ भने बिमा कोषमा ४८ लाख रुपैयाँ जम्मा गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ७ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा ५ करोड १८ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ४ अर्ब २५ करोड रुपैयाँ छ । अल्पकालिन लगानी तथा कर्जा भने २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । असोज मसान्तसम्म कम्पनीले १ करोड ७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम २९ लाख १० हजार रुपैयाँ छ ।
कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्