×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जीवन विकास लघुवित्तमा गैरकानुनी धन्दा : राष्ट्र बैंकको नियमविपरित ‘अवैध’ सेयर कारोबार !

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थामा उच्च पदमा रहेका कर्मचारीले नेपाल राष्ट्र बैंकको नियमविपरित सेयरमा घोटाला गरेको रहस्य बाहिरिएको छ । संस्थाका सीईओ सञ्जयकुमार मण्डल, पूर्व सीईओ योगेन्द्र मण्डल, सञ्चालक र पूर्व संचालकले नियामक राष्ट्र बैंकको नियमलाई लत्याउँदै गैरकानुनी रुपमा आफ्नै संस्थाको सेयर खरिद गरी अर्बौं घोटाला गरेको रहस्य बाहिरिएको हो ।
यी दुई कर्मचारीसहित उच्च व्यवस्थापनका कर्मचारीले पौने ५ लाख कित्ता सेयर नियम विपरित खरिद गरेको पाइएको हो । यसो त राष्ट्र बैंकको संस्थागत सुशासन सम्बन्धि व्यवस्थाअनुसार संस्थापकहरुले पदमा हुँदा वा पदबाट हटेको १ वर्षसम्म संस्थाको सेयर खरिद बिक्री गर्न पाउँदैनन् । तर कम्पनीका सीइओसहिका कर्मचारीले आफ्नो स्वार्थ पुरा गर्न नियामकलाई नै अटेर गरी सो कित्ता खरिद किनेका हुन् ।
जीवन विकास लघुवित्तले गत आवमा पुँजी वृद्धि गर्न संस्थापकहरुका लागि हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । नियम अनुसार सो हकप्रदमा पदमा नरहेका संस्थापक र बाहिरकाहरुले मात्र खरिद गर्न पाउँथे । तर लोभमा परी पदमानै आसिन संस्थापकले ४ लाख ७८ हजार कित्ता हकप्रद सेयर खरिद गरेका हुन् ।
यता राष्ट्र बैंकको लघुवित्त सुपरीवेक्षण विभागले संस्थामा गैरकानुनी रुपमा सेयर खरिद बिक्री गरेको भेटिएपछि पदमा आसिन संस्थापकलाई आवशयक कारवाही गरेको छ । राष्ट्र बैंकले हकप्रद खरिद गरेका सबैलाईखरिद गरेको सेयर  एक वर्षभित्रै बिक्री गर्न निर्देशन दिइसकेको छ । पछिल्लो समय लघुवित्त कम्पनीहरुबाट विभिन्न खालका घटनाहरु बहिरिरहेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सो कम्पनीको कुल ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत छ भने बिहिबार कम्पनीको मूल्य ४ हजार मुनि रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: