काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई १४% लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १३.३०% बोनस सेयर र कर तिर्न ०.७०% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंक र मितरीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन् । बैंकले हाल कायम ७९ करोड ७३ लाख ७६ हजार ९३७ रुपैयाँ उक्त लाभांश प्रस्ताव गरेको हो ।
