Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंकको ७ अर्व डिपोजिट एनआइसी एशियामा सर्यो, नबिल बैंकलाई आपत पर्यो, एनआइसीको काम टर्यो…!

अर्थ सरोकार

काठमाडौं । काठमाडौं महानगरपालिकाको नबिल बैंकमा रहेको ७ अर्ब डिपोजिट अब एनआइसी एशिया बैंक लिमिटेडमा सर्ने भएको छ । नेपाल राष्ट्र बैंक र नबिल बैंकमा रहेका सबै खाता एनआईसी एसिया बैंकमा ल्याउने गरी महानगरपालिकाले सोमबार सम्झौता गर्ने तयारी गरेको हो ।
दैनिक आय र व्यय हुने सबै खाता एनआईसीमार्फत सञ्चालन गर्दा करिब ७ अर्ब रुपैयाँ निक्षेप एनआईसी एसियामा सर्ने महानगरपालिकाका एक अधिकारीले बताए । जसअनुसार अब महानगरपालिकाको नबिलमा रहेको  दैनिक आय र व्यय हुने खाता अर्थात ७ अर्ब रुपैयाँ निक्षेप एनआइसीमा सर्दा नबिलको भने निक्षेप ह्वात्तै घट्ने छ ।
यस्तै महानगरका कर्मचारी र जनप्रतिनिधिको तलबी खाता पनि एनआईसमै सर्नेछ । महानगरपालिको बोलकबोलबाट नै एनआईसी एसियामा दैनिक कार्यसञ्चालनको खाता खोल्न लागेको महानगरपालिकका प्रवक्ता ईश्वरराज डंगोलले बताए । ‘कति निक्षेप एनआईसी एसियामा सर्छ भन्ने यकीन गर्न हिसाव मिलान गर्न बाँकी छ’ उनले भने ‘नबिलसँगको १० वर्षको सम्झौता सकिएपछि नयाँ बैंकमा खाता सञ्चालन गर्न लागिएको हो ।’
एनआईसी एसियाले दैनिक राजस्व संकलनका लागि सबै वडा कार्यालय वा वडा कार्यालयसँगै बैंकको एक्सटेन्सन कार्यलय खोल्ने प्रतिवद्धता जनाएको महानगरले जनाएको छ । कर्मचारीले नगद नबुझी बैंकिङ खातामा कर बापतको जम्मा गर्न लगाउने महानगरको योजना रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK