×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन, बचत र कर्जामा कति छ ब्याज ?

काठमाडौं ।  राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन भएको छ । बैंकले आज आइतबारदेखि लागु हुने गरी बचत तथा कर्जाका विभिन्न शीर्षकमा नयाँ ब्याजदर कायम गरेको हो ।
बैंकले एन.सि.बि.एल समुन्नत बचत खातामा न्यूनतम ५.५० प्रतिशत देखि ११.५० प्रतिशत ब्यायदर तोकेको छ भने रु.२५ लाखसम्मको मौज्दातमा ५.५० प्रतिशत, रु.२५ लाखमाथि रु.५० लाखसम्मको मौज्दातमा ६ प्रतिशत, रु ५० लाख देखिमाथि रु.१ करोडसम्म ६.५० प्रतिशत, १ करोडभन्दा माथिको मौज्दातमा ७ प्रतिशत र ३ देखि ६ महिनासम्म ११.५० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
यस्तै बैंकले एन.सि.बि.एल समृद्धि मुद्दति खातामा ६ महिना भन्दामाथि १ वर्षसम्मका लागि १२ प्रतिशत र १ वर्षभन्दा माथि ५ वर्षसम्म १२.५० प्रतिशत ब्याज दिने जनाएको छ । दिगो सहकारी कर्जा र सबल सहकारी कर्जामा ३ महिनादेखि ५ वर्षका लागि १२.२५ प्रतिशत ब्याज तोकेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: