×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्दा आतंक शिर्षकमा सार्वजनिक भएका समाचारप्रति विप्लव पार्टीको आपत्ति, भन्छन्ः ‘कमिशनखोरको बदनाम गर्ने खेल हो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चन्दा आतंक शिर्षकमा सार्वजनिक भएका समाचारप्रति विप्लव पार्टीको आपत्ति, भन्छन्ः ‘कमिशनखोरको बदनाम गर्ने खेल हो’

Artha Sarokar

१२ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  •  अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । कैलालीका वैज्ञानिक वनमा विप्लव पार्टीको चन्दा आतंक शिर्षकमा सार्वजनिक भएका समाचाप्रति विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आपत्ति जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीले प्रायोजित तरिकाले केहि मिडियामा सम्प्रेषण भएका समाचारप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । पार्टीले लिएको पुरानो सहयोगलाई आधार बनाई गलत र भ्रष्ट तत्वद्धारा गलत नियत र उद्धेश्यले कुप्रचार गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्लाको भजनि नगरपालिकामा पर्ने लक्ष्मी सामुदायिक वन, सयपत्रि सामुदायिक वनलगायताका अन्य वनहरुमा मात्रै मदिरा सेवन गरेका बिलमा किर्ते गरेको, कर्मचारीसँगको मिलेमतोमा कटान क्युफिट कम गर्दै अनियमितता गरेको ठहर गर्दै पार्टीले गलत प्रचारको पछि नलाग्न आह्वान गरेको छ । यस्तै पार्टीले विज्ञप्तिमार्फत तस्कर तथा भ्रष्टचारविरुद्धका कर्तुतहरु सार्वजनिक गर्ने र जनकारबाहीको दायरामा ल्याउने घोषणासमेत गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी