×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माघि पर्वको पुर्वसन्ध्यामा धनगढीमा माघिमिलन कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

माघि पर्वको पुर्वसन्ध्यामा धनगढीमा माघिमिलन कार्यक्रम सम्पन्न

Artha Sarokar

२८ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । थारु जातिहरुको विशेष पर्व माघिको पुर्वसन्ध्यामा धनगढीमा माघिमिलन कार्यक्रम सम्पन्न गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ सि गाउँमा थारु समाज सि गाउँ र ब्राईट भिजन ग्रुप फुलवारीको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।

मंगलबार सम्पन्न गरिएको माघिमिलन कार्यक्रममा थारु संस्कृतिसँग सम्बन्धित सम्पुर्ण विषयवस्तुहरुको प्रवद्धन गरिएको थियो । कार्र्यक्रममा थारु संस्कृतिसँग सम्बन्धित खानाका विभिन्न परिकार, भेषभुषा, कला, नृत्य (सखिया, मुंग्राह) लगायतका संस्कृति प्रदर्शनि गरिएको थियो । कार्यक्रममा शुभकामना दिँदै पुर्व उद्योगमन्त्री तथा नेकपा एमालेका केन्द्रिय सचिव लेखराज भट्टले संस्कृति संरक्षण र जगेर्नाका लागि सबैले भूमिका खेल्नुपर्ने बताएका छन् । त्यस्तै पुर्व वन तथा वातावरणमन्त्री तथा पोलिटब्युरो सदस्य नारदमुनि रानाले संस्कृति आफुहरुको पहिचान भएको बताएका छन् । ‘हाम्रो संस्कृति संरक्षणमा हामी सबैले ध्यान दिन आवश्यक छ’, उनले भने ।

कार्यक्रमा पोलिटब्युरो सदस्य लिला भण्डारी, प्रदेश मामिला तथा विधायन समिती सभापति नेपालु चौधरी, वडा नम्बर १४ का अध्यक्ष रामबजारी थारु लगाएतको उपस्थिति रहेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी