×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मुना बचत तथा ऋण सहकारी संस्थामा लाखौँ रकम हिनामिना, प्रशासनसमेत मौन बसेको भन्दै बचतकर्ताहरु आक्रोशित…!

चितवन । चितवनस्थितको मुना बचत तथा ऋण सहकारी संस्थामा लाखौँ रकम हिनामिना भएको पाइएको छ । बचतकर्ताले आफुहरु सहकारीबाट ठगिएको गुनासो गरेपछि सो संस्थामा भएको हिनामिनाको तथ्य बाहिरिएको हो ।
संस्थाका कर्मचारीले आफुहरुलाई फकाएर खाता खोल्न लगाएको बचतकर्ताको भनाइ छ । आफुले जम्मा गरेको रकम झिक्न जादा त्यहाँ कार्यरत कर्मचारीले रकम नै नभएको भनेपछि आफुहरु ठगिएको उनीले बताएका हुन् ।
यता संचालक समिति पनि फेला नपर्ने र एक दुई जना कर्मचारी मात्रै भेटिने उनीहरुले गुनासो गरे । कर्मचारीहरुले आफुहरुलाई संचालक समितिसंग कुरा गर्नु पैसा छैन् भन्दै धम्काउने र अरु टाठाबाठालाई भोली भोली भन्दै फर्काउने गरेको गुनासो बचतकर्ताको छ ।
यो बिषयमा बुझ्न बचतकर्ताले संस्थाका अध्यक्ष समिक तामाङ्गलाई फोन गर्दा आफु ब्यस्त रहेको र पछि फोन गर्छु भन्दै फोन राख्ने र पछि नगर्ने उनीहरुको भनाई छ । भरतपुरको मुख्य स्थान जिल्ला प्रशासनको नजिकै रहेको सहकारीले यसरी सयौ बचतकर्तालाई लुट्दा पनि प्रशासन मौन बसेको भन्दै बचतकर्ताहरु आक्रोशित बनेका छन् । आफ्नो रकम फिर्ताको मागसहित सम्बधित निकाय धाउँदासमेत कसैले चासो नदिएको उनीहरुको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: